व्यास नगरपालिकाकाे बजेट पारित

दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेकाे छ ।

साेमबार सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५९ करोड ३१ लाख १ हजारको प्रस्तावित आयव्यय बजेट संशाेधन सहित पारित गरेकाे पारित गरेकाे प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

नगरसभाले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, विज्ञापन कर (नियमित गर्ने) विधेयक २०८० संशोधन सहित

सभामा उपप्रमुख इन्दिरा दरैबाट प्रस्तुत न्यायीक समिति प्रतिवेदन, वडा अध्यक्ष मन बहादुर गुरुङबाट प्रस्तुत पुर्वाधार विकास समितिको प्रतिवेदन, वडा अध्यक्ष रमेशचन्द्र हड्खलेबाट प्रस्तुत आर्थिक विकास समितिको प्रतिवेदन छलफल गरि पारित भएकाे छ ।

वडा अध्यक्ष काजिमान श्रेष्ठबाट प्रस्तुत सामाजिक विकास समितिको प्रतिवेदन, वडाअध्यक्ष सुरेश थापाबाट प्रस्तुत सुशासन समितिको प्रतिवेदन, वडाध्यक्ष काशिराम श्रेष्ठबाट प्रस्तुत लेखा समिति प्रतिवेदन, वडाध्यक्ष खेमराज पोख्रेलबाट प्रस्तुत विधायन समितिको प्रतिवेदन, कार्यपालिका सदस्य रनसिं नेपालीद्वारा प्रस्तुत वन तथा वातावरण समितिको प्रतिवेदन छलफल गरि पारित भएकाे छ ।

व्यास नगरपालिका अन्तरगतका नागरिकहरुलाई मालपोत सम्बन्धी सेवा प्रदान गर्न जिल्ला समन्वय समितिसंग एक सटर न्यूनतम भाडामा माग गरी सेवा प्रदान गर्न व्यवस्थापन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?