अपडेट: क्याप्टेन गुरुङसहित ५ मेक्सिकन नागरिकको मृत्यु (नामसहित)

सोलुखुम्बु: मनाङ एयरको हेलिकप्टर दुर्घटनामा हुदाँ ६ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार उक्त दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको हो ।

मुत्यु हुनेमा हेलिकप्टर पाइलट चेतबहादुर गुरूङ र मेक्सिकन नागरिक फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन् ।

प्रारम्भिक अनुसान्धानको क्रममा हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । उक्त हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?