सर्पको टोकाईबाट साथै सुतेका बालक दाजुभाई कै मृत्यु

वुटवल : कपिलवस्तुमा सर्पको टोकाईबाट साथै सुतेका दाजुभाई कै मृत्यु भएको छ ।

सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका-१ का ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको मृत्यु भएको हो । हजुरआमासँग एकतले घरको भुईमा सुतेका दाजुभाई नै बिहान बेहोश अवस्थामा भेटिएपछि स्थानीय अस्पताल लगिएको थियो ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रिफर भएका दाजुभाईलाई अस्पताल लैजाने क्रममै एक जनाको र अस्पतालमा उपचारका क्रममा अर्का एक जनाको पनि मृत्यु भएको हो ।

बर्खा लागेसँगै तराईका जिल्लामा सर्पको बिगबिगी बढेको छ । अध्याँरोमा नहिँड्ने, घर वरपर झाडी नराख्ने, नाङ्गो खुट्टा नहिँड्ने, सुत्दा विचार पुर्याएर ओछ्यान हेरेर सुत्ने जस्ता काम गरे सर्पको टोकाईबाट वचन सकिने विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?