डा. रुइतले पाए एङ्ग्लिया रस्किन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि

काठमाडौं : वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई बेलायतको एङ्ग्लिया रस्किन विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । मंगलबार भएको दीक्षान्त समारोहमा डा. रुइतलाई डक्टर इन साइन्स (डीएससी) मा मानार्थ विद्यावारिधि प्रदान गरिएको हो ।

एङ्ग्लिया रस्किन विश्वविद्यालयका उपकुलपति रोड्रिक वाट्किन्सले डा. रुइतलाई उपाधि प्रदान गरेका थिए ।

उपकुलपति वाट्किन्सले डा. रुइतको मानवीय कार्य आफ्नो विश्वविद्यालय तथा नेत्र चिकित्सा क्षेत्रका सबै विद्यार्थीका लागि अनुशरणीय भएको बताए ।

तिलगंगा आँखा प्रतिष्ठान र हिमालयन क्याट्रयाक प्रोजेक्टमार्फत उनले नेपालको नेत्र उपचार सेवामा पुर्‍याएको योगदानको कदर गर्दै उपाधि दिइएको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?