छाव्दी वाराहीमा साउन महिनाभर पूजा नहुने

दमौली : तनहुँको व्यास नगरपालिका -१४ स्थित प्रसिद्ध छाव्दी वाराही मन्दिरमा साउन महिनाभर पूजा नहुने भएको छ । मन्दिरमा साउन महिनाभर भाकल पूजा नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हरेक वर्ष जस्तै साउन महिनाभर मन्दिरमा भाकल पुजा स्थगित भै साउनको अन्तिममा बहाली पुजा पश्चात पुनः संचालन हुनेछ।

पर्यटकीय भ्रमण अवलोकन तथा मनोरञ्जनका निम्ति कुनै बन्देज नभएको जनाइएको छ ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ यहॉ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?