नयाँ ‘व्यास नगर साइनिङ स्टार’ को खोजी, अडिसन श्रावण १२ र १३ गते

दमौली : जेसीआई व्यास नगरले साइनिङ स्टारको नवौं संस्करण आयोजना गर्ने भएको छ।  १० देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुको प्रतिभा प्रष्फुटनका लागि जेसीआइले साइनिङ स्टार गर्न लागेको हो ।

साइनिङ स्टारका लागि यही श्रावण १२ र १३ गते दमौली कलेजमा अडिसन खुल्ला हुने अध्यक्ष राजु रानाले जानकारी दिए । अडिसनबाट २० जना बालबालिकाहरुलाई छनोट गरी एक महिनासम्म विभिन्न विधाका प्रशिक्षण र तालिम प्रदान गरिनेछ ।

छनोट भएका बालबालिकाबीच भाद्र १५ गते अन्तिम प्रतिस्पर्धा हुने जनाइएको छ। एक महिने प्रशिक्षण, तालिम र विभिन्न अवलोकन भ्रमण गराएपछि अन्तिममा चार जना निर्णायकहरुको निर्णयबाट उत्कृष्ट हुने प्रतिभा व्यास नगर साइनिङ स्टार घोषणा हुने रानाले बताए।

साइनिङ स्टारका विजेतालाई नगद रु २५ हजार २३, फस्ट रनरअपलाई १५ हजार २३  र सेकेण्ड रनरअपलाई १० हजार २३ पुरस्कार प्रदान गरिनेछ। त्यस्तैगरी अन्य १० वाट विधामा पनि  पुरस्कारको व्यवस्था रहेको छ ।

जसमा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माईल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहनेमुल संयोजक अजर नागिलाले जानकारी दिए ।

व्यास नगर साइनिङ स्टारमा प्रतिस्पर्धा गरेका बालबालिकाहरुले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेकाले यसले समाजलाई महत्त्वपूर्ण योगदान गरेको महासचिव सुनिल श्रेष्ठले बताए ।

व्यास नगरपालिका लगायत छिमेकी गाउँपालिका म्याग्दे र बन्दीपुरलाई पनि नवौं संस्करण सहभागी गराउने आयोजकले जनाएको छ ।

जेसीआई व्यास नगर साइनिङ स्टार सन् २०१३  देखि आयोजना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?