दमौली : तनहुँमा गत आर्थिक वर्ष २०७९/८० मा ११ अर्ब ४६ करोड ९४ लाख ३६ हजार ४७२ रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक बर्ष ०७८/०७९ को तुलनामा यो रकम एक अर्ब ६७ करोड ३७ लाख ३६ हजार ४ सय ७२ ले बढि हो ।
आर्थिक बर्ष ७८/७९ मा सो कार्यालयले ९ अर्ब १९ करोड ५६ लाख ६७ हजार राजश्व संकलन भएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख बिनोद भट्टराईका अनुसार तनहुँका संघीय कार्यालयहरुबाट ११ अर्ब २३ करोड ५६ लाख ३३ हजार ८३६ र प्रदेश कार्यालयहरुबाट २३ करोड ३८ लाख २ हजार ६३५ रुपैयाँ राजश्व संकलन भएको हो ।
संघीय कार्यालयतर्फ सबैभन्दा राजश्व संकलन आन्तरिक राजश्व कार्यालय दमौलीले १० अर्ब ८० करोड ४७ लाख १३ हजार ५ सय नौ सय संकलन गरेको छ ।
प्रदेश कार्यालयहरु मध्ये सबैभन्दा धेरै यातायात व्यवस्था कार्यालय विमलनगरले १८ करोड २० लाख ४९ हजार ५ सय ५५ राजश्व संकलन गरेको कोष नियन्त्रक कार्यलय प्रमुख भट्टराईले बताए ।
५९ संघीय कार्यालय मध्ये २९ र २८ कार्यालय मध्ये १८ वाट कार्यलयबाट संकलन भएको कोष नियन्त्रक कार्यलय तनहुँले जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?