मौद्रिक नीति सार्वजनिक, नीतिगत दर ०.५ प्रतिशत घट्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले नीतिगत दर ०.५ प्रतिशतले घटाएर ६.५ प्रतिशत कायम गरेको छ।

हाल ७ प्रतिशत रहेको नीतिगत दरलाई राष्ट्र बैंकले घटाएको हो। नेपाल राष्ट्र बैंकले तोक्ने नीतिगत दरहरु बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट पैसा लिँदा लागु हुने गर्छन्। यसले बैंकहरुले राष्ट्र बैंकमार्फत लिने अल्पकालीन सापटीमा लागत कम हुन जानेछ।

नीतिगत दर घटाउनाले निक्षेप र कर्जाको पनि ब्याजदर घट्न सक्ने अनुमान गरिएको छ। यसअघिका घटनालाई हेर्ने हो भने नीतिगत दरमा १ प्रतिशत घट्दा ब्याजदर पनि १ प्रतिशतसम्म घट्ने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?