मनहरीमा तीन महिनामै बन्याे नयाँ खानेपानी ट्याङ्की

दमौली : तनहुँकाे म्याग्दे गाउँपालिका-४ मनहरिमा  तीन महिनामै खानेपानी योजना सम्पन्न भएको छ । मनहरि पिपलटार खानेपानी याेजनाकाे नयाँ ट्याङ्की निर्माणकाे काम तीन महिनामै सकिएकाे स्थानीयले बताएका छन्  ।

ङ्घीय सरकारको अर्थ र खानेपानी मन्त्रालयले उक्त आयोजनाका लागि ८० लाख बजेट वैशाख अन्तिम हप्तामा बिनियोजन गरेपछि काम अघि बढाईएपछि समाधान भएको मनहरी पिपलटार खानेपानी तथा सरसफाई समितिले जनाएको छ ।

काम शुरु भएको ५० दिनमा नै खानेपानीको इन्टेक र रिजर्भ ट्याङ्की निर्माण , नयाँ पाइपलाइन बिछ्याउने र घर घरमा धारा जडान गरी पानी उपलब्ध गराउने काम पुरा भएको समितिका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिए । काम पुरा भएसँगै एक सय ३८ घर परिवार लाभान्वित भएको अधिकारीले बताए ।

गत चैतमा खानेपानीको ट्याङ्कीमा हत्या गरि फालिएको महिलाको लास भेटिए पछि नयाँ खानेपानी आयोजना शुरु गरिएको सचिव सचिव चन्द्रकुमार मल्लले बताए । पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षिया शान्ति श्रेष्ठको शव हत्या पछि ट्याङ्कीमा फालिएको अवस्थामा भेटिएको थियो । पानीमा दुगन्ध आउन थालेपछि ट्यांकी खोलेर हेर्दा शव भेटिएको थियो ।

खानेपानी पुनस्थापन आयोजनाको आइतबार सांसद शंकर भण्डारीले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै सांसद भण्डारीले तनहुँको बिकासका लागि आफुले सदैव तयार रहेको बताए ।

उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, निवर्तमान अध्यक्ष माया राना लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?