व्यास नगरपालिकाले भन्यो – कक्षा ११ को पढाई अब दिवा समयमा सञ्चालन गर्नु

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले नगरभित्रका माध्यमिक विद्यालयहरुलाई यस वर्षको कक्षा ११ को पढाई दिवा समयमा सञ्चालन गर्न निर्देशन दिने निर्णय गरिन्छ । आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षमा बसेको बैठकले उक्त निर्णय गरेको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

कुनै कारणबस दिवा समयमा सञ्चालन गर्न कठिनाई भएमा सो को प्रस्ताव एवं न्यूनतम ४५ मिनेटको कक्षा सञ्चालन गर्ने रुटिन सहित पेश गर्न निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए ।

व्यास नगरपालिका भित्र सञ्चालन हुने सवारी साधनहरुले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तोकिएको भाडा दर अनुसार भाडा लिन र दिन सम्बन्धित सबैमा अनुरोध गर्ने र सो अनुसार नभएमा नियमानुसार कार्यवाही प्रकृया अघि बढाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

आ.ब २०७९/८० को भुक्तानी दिनुपर्ने काम सम्पन्न भएका योजनाहरुको न.पाको खाता सूचारु हुनासाथ प्राथमिकतामा राखि भुक्तानी दिन कार्यालयलाई निर्देशन दिने निर्णय समेत गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?