उद्यमशील सहकारीद्धारा सतप्रतिशत साँवाव्याज असुली

दमौली : तनहुँको व्यास नगरपालिका -२ स्थित उद्यमशील बचत तथा ऋण सहकारीले ऋणि शेयर सदस्यहरुबाट मासिक साँवाव्याज असुलीमा सतप्रतिशत प्रतिफल हाँसिल गरेको छ । आर्थिक बर्ष २०७९/८०मा सहकारीले गरेको सम्पूर्ण ऋणको सावाँ र व्याज असुली समेत सतप्रतिशत रहेको सहकारी संस्थाले जनाएको छ । यस अघि आर्थिक बर्ष २०७८/०७९ मा पनि सहकारी संस्थाले सत प्रतिशत सावाँव्याज असुली गरेको सहकारी संस्थाका अध्यक्ष ईन्द्रलाल श्रेष्ठ विकल्पले जानकारी दिए ।

आर्थिक बर्ष २०७९/८० को समिक्षा कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले सहकारी संस्थामा आवद्ध शेयरसदस्यहरुमा लगानी गरिएको ऋण रकमको नियमित मासिक व्याज असुली सतप्रतिशत रहनुले सबै शेयरसदस्यहरुमा धन्यवाद व्यक्त गरे । उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको छोटो समयमा नै शेयरसदस्यहरुको मन र विश्वास जित्न सफल भएकोले व्याज असुलीमा सतप्रतिशत प्रतिफल प्राप्त गरिएको बताए । ‘सतप्रतिशत व्याज असुली हुनुले उद्यमशील सहकारीको विश्वास बढेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसको लागि सबैलाई धन्यावद ज्ञापन गर्न चाहन्छु ।’

उद्यमशील बचत तथा ऋण सहकारी संस्था मोवाईल बैंकिंग सेवा सुरु गर्ने तनहुँमा दोस्रो र दमौली बजार क्षेत्रमा पहिलो सहकारी भएको समेत अध्यक्ष श्रेष्ठले बताए ।
शेयर सदस्यहरुको आफ्नो खाताको रकमको बारेमा मोवाइलबाटै जानकारी पाउन सकिने, उद्यमशील सहकारी संस्थामा आफ्नो खातामा रहेको रकमलाई आफ्नो खाता रहेको जुनसुकै बैंकमा मोवाइलबाटै रकम सारेर मुलुकको जहाँसुकैबाट पनि रकम झिक्न सकिने सुविधा रहेको छ । उक्त सहकारी संस्थाले २०८० साल बैशाखबाट इलेखा प्रणाली (क्लाउड वेस सेवा) बाट समेत सेवा सुरु गरेको छ । तसर्थ कुनै भवितव्य परी सहकारी संस्थाको भौतिक संम्पत्ति नष्ट भएपनि शेयरसदस्यहरुको सम्पूर्ण विवरण सुरक्षित रहने उक्त सहकारी संस्थाले जनाएको छ ।

उक्त सहकारी संस्थाले असार महिनामा मात्रै ५४ लाख ३ हजार ६ सय असी रुपैंयाँ ऋण लगानी गरेको सहकारी संस्थाका ऋण लगानी उपसमिति संयोजक सुरेश अधिकारीले बताए । आफूहरुले नियमित सहकारी संस्थाको नियमित अनगुमन, निरिक्षण र लगानी जोखिमको बारेमा गहन अध्ययन गरी सोही अनुसार लगानी नीति अवलम्बन गरेकोले पनि सतप्रतिशत व्याज असुली भएको ऋण लगानी उपसमिति संयोजक अधिकारीले बताए ।

उक्त सहकारीले ऋणि शेयर सदस्यहरुबाट सतप्रतिशत ऋण असुली गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ऋण लगानी उपसमिति संयोजक अधिकारीलाई अविर, ढाकाटोपी र खादाले सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष श्रेष्ठले अधिकारीलाई सम्मान गरेका हुन् । सोही अवसरमा सहकारीका शेयर सदस्य प्रताप पण्डितलाई समेत शिक्षा उपसमिति सदस्यमा मनोनित गरी खादा र अविरले स्वागत गरिएको थियो ।
‘सहकारी संस्थाबाट लगानी गरिएको व्याज ऋण अनुली सतप्रतिशत हुनु सकारात्मक कुरा हो,’ ऋण लगानी उपसमिति संयोजक अधिकारीले भने, ‘ऋणी शेयर सदस्यहरुले समेत सोही अनुसार सकारात्मक भई दिदाँ यो प्रतिफल प्राप्त भएको हो ।’

उक्त सहकारी संस्थामा शेयर पुँजी २ करोड १ लाख ७६ हजार ४ सय रुपैंयाँ र कुल सम्पत्ति ४ करोड ४६ लाख २३ हजार ५ सय ३२ रुपैंयाँ रहेको छ । कुल सम्पत्तिको करिव कुल शेयर सदस्य ३ सय ४ जना र कुल ऋणी शेयर सदस्य संख्या १ सय ४३ जना रहेको र हालसम्म ३ करोड ६० लाख ४१ हजार ४ सय ९१ रुपैंयाँ ऋण लगानी गरिएको सहकारी संस्थाका व्यवस्थापक सन्दिप गुरुङले बताए ।

लगानी रकमको करिव ३१ प्रतिशत रकम तरलता विनियोजन गरिएको समेत व्यवस्थापक गुरुङले जानकारी दिए । व्यवस्थापक गुरुङ लगायतका कर्मचारीले समेत सतप्रतिशत व्यास असुली गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरिएको थियो ।

समिक्षा कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष रामचन्द्र भट्ट, सचिव पूर्ण विके, कोषाध्यक्ष भिमसिं, ऋण उपसमिति संयोजक सुरेश अधिकारी, शिक्षा उपसमिति संयोजक आशकाजी श्रेष्ठ लगायतले प्रतिवेदन पेश गरेका थिए ।

सहकारी संस्थाका कानुनी सल्लाहकार ऋषिराम पोखरेलले समेत कानुनी पद्धति अनुसार संस्थाले आफ्नो आर्थिक गतिविधि गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?