व्यास नगरपलिका वडा नं. १४ को आर्थिक वर्ष २०७८/७९ को बार्षिक स्वीकृत आनुसार कृषकलाई दुई दिने भेटनरी (बाख्रा पालन ) तालिम संचालन हुने भएको छ । तालिम संचालन हुने मिति भने नेपालीहरुको दोस्रो ठुलो चाड तिहार पछि हुने भएको छ । व्यास १४ अन्तर्गतका सबै टोल विकास संस्था र प्रत्यक टोलबाट बढीमा तीन जना गरि जम्मा तीस जनालाई प्रत्यक टोल विकास संस्थाको सिफारिसमा तालिम संचालन गर्ने वडा अध्यक्ष काजिमान श्रेष्ठ दमौली आनलाईनलाई जानकरी दिएका छन्।
श्रेष्ठले सो तालिमको लागि कृषक/फर्म /समूह /सरकारीहरु मध्ये बाख्रा पालन कृषकले आबेदन दिन सक्ने जनाकारी दिए । आबेदनको लागि भने निवेदकले निबेदन,नागरिकताको प्रतिलिपि, दर्तावाला फर्मको हकमा सुचिकृत प्रमाण पत्रको प्रतिलिपि र कृषक समूह तथा सरकारीको हकमा निर्णयको प्रतिलिपि हुनुपर्ने र सुचाना प्रकाशित भएको १५ दिन भित्र आबेदन दिन सक्ने बताएका छन् । भेटनरी (बाख्रा पालन ) तालिम संचालन बार्षिक स्वीकृत कार्यक्राम बजेट सिमा भित्र रही संचालन हुने समेत उनले जनाकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?