ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दमौली : ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले दमौलीबाट  विहिवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको बासगढी नगरपालिका-५ घर भई हाल व्यास-१ अम्रेनीमा बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद गिरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँण जानकारी दिए।

हाम्रो हात नेपाल प्रा.लि.मा शेयर लगानी गर्ने कृषकहरुलाई कृर्षि फार्महरुमा सहुलियत ऋण पाईने भनी बिभिन्न प्रलोभन देखाई मिति २०७८ साल पुस महिनामा जिल्ला व्यास नगरपालिका- १० अधेरीभञ्ज्याङका महिलाहरुबाट जम्मा सात लाख पचास हजार रुपैया ठगी गरी हालसम्म फरार रहेका फरार भएका थिए ।

तनहुँ अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको तनहुँले प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?