दमौली : तनहुँको व्यास नगरपालिका -३ स्थित अनसन चौतारीमा ट्राफिक सचेतनाका लागि ‘स्लो बाइक रेस’ प्रतियोगिता गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा एलायन्स क्लव अफ तनहुँले शनिबार प्रतियोगिता आयोजना गरेको हो ।
‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने मूल नाराका साथ सुरक्षित रुपमा सवारी चलाउनुपर्छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता सञ्चालन गरेको कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष अजित पन्थले बताए ।
प्रतियोगितामा रजिन पौडेल सबैभन्दा विस्तारै निर्धारित दुरी पार गरी विजेता बन्न सफल भएका छन् । प्रतियोगितामा इश्वर श्रेष्ठ दोस्राे र आदेश श्रेष्ठ तेस्रो भएका छन् ।
उनीहरुलाई क्रमसः १२ हजार , ६ हजार र दुई हजार पाँच सय सहित ट्रफी, प्रमाणपत्र प्रदान गरेका छन् ।
तीव्रगतिले दिनानुदिन सवारी दुर्घट्ना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो कार्यक्रमले सर्वसाधारणमा सचेतना मिल्ने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले बताए।
प्रतियोगिताले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना मिलेको व्यास नगरपालिका–४ का वडा सदस्य सरोज भण्डारीले बताए । स्लो बाइक रेस प्रतियोगिताले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने क्लवका पूर्व अध्यक्ष सुदीप पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?