दमौली : सबै कार्यकर्तालाई भुई तहबाटै कांग्रेस सुधार्ने अभियानमा जुट्न गण्डकी प्रदेश मन्त्री कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले आग्रह गरेका छन् । तनहुँ कांग्रेसद्वारा सोमबार विपि स्मृति भवन दमौलीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री जिसीले भुईतहदेखि केन्द्रसम्म कांग्रेस सुदृढीकरण अभियानमा जुट्न अवश्यक भएको बताए ।
छरिएर रहेका कांग्रेस कार्यकर्तालाई एक गराउन सकेमात्र पनि पहिलो शक्तिको रुपमा नेपाली कांग्रेस स्थापित हुने मन्त्री जिसीको भनाई छ । ‘हामी कांग्रेसका कार्यकता संगठित हुन सकेमात्र पनि पहिलो शक्ति जन्मिन्छ,’ मन्त्री जिसीले भने, ‘अब हामी भु्ईतहदेखि केन्द्रसम्म सुदृढीकरण गरेर जाने कार्यमा एकमत हुनुपर्छ । तर हामी संगठित हुन छाडेर अन्य दलसँग सहकार्य गर्दा खस्कियौं । अब विगतमा जस्तो गल्ति गर्नुहुन्न ।’
मन्त्री जिसीले नेपाली कांग्रेसका सबै भातृसंगठनहरुलाई गाउँ गई सबै जनताको मन जित्ने कार्यमा आजैबाट जुट्न समेत निर्देशन दिए । मुलुकको परिवर्तनको लागि सबै तहका नागरिकको साथ र सहयोग आवश्यक पर्ने भएकोले एक भई कांग्रेसको पक्षमा लाग्न समेत मन्त्री जिसीले सबैमा आग्रह गरे ।
कांग्रेस नेता तथा गण्डकी प्रदेश सभा निवर्तमान सदस्य सरीता गुरुङले मुलुकको विकासमा जुट्ने पार्टी नै कांग्रेस भएकोले सबै नेता गाउँ पसी एकता अभियान थाल्नुपर्नेमा नेता गुरुङले जोड दिईन् ।
नेपाली कांग्रेसका निवर्तनमा सभापति तथा व्यास नगरपाकिाका प्रमुख वैकुण्ठ न्यौपानेले पार्टीलाई बलियो बनाउन सवै तहबाट सकारात्मक पहल हुनुपर्नेमा जोड दिए । मुलुकको परिवर्तनको रहेक नेतृत्वमा नेपाली कांग्रेस आवश्यक पर्ने बारेमा सबै नागरिकले बुझ्न आवश्यक रहेको न्यौपानेले बताए ।
सबै नागरिकको दुख र संकटको साथी बनेर नेपाली कांग्रेस गाउँ पस्न आवश्यक रहेको नेपाली कांग्रेस तनहुँका उपसभापति तथा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
जनताले शुसासन र समृद्धि चाहेकोले हरेक क्षेत्रमा पारदर्शीता अपनाएर नेपाली कांग्रेस अघि बढ्नु पर्ने नेपाली कांग्रेस जिल्ला सदस्य डम्बर अधिकारीले बताए । कार्यक्रम संचालन गर्दै अधिकारीले डिजिटलमाध्यमबाट पार्टीका हरेक गतिविधिलाई दुरदराजका नागरिक माझ पु¥याउने गरी अग्रसर रहनु पर्ने दायित्व बढेको बताए ।
‘अहिलेका जनताले हाम्रो नेताले के बोले भनेर तुरुन्तै बुझ्न चाहन्छन् ,’ जिल्ला सदस्य अधिकारीले भने, ‘त्यसैले डिजिटल दुनियाँको भरपुर प्रयोग गरि अब कांग्रेस समृद्धिको पक्षमा दह्रो गरी उभिन आवश्यक छ ।’
कार्यक्रममा जिल्लाका सयौं नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?