विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् ।
कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन । थापाको भोलि साढे १० बजे शपथको ग्रहणको कार्यक्रम तय गरिएको छ ।
आजै सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्याउन राजीनामा दिएका थिए ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?