नारायणकाजीको गुनासो– राम्रा कामको कसैले स्टाटस लेखेनन्

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको पार्टीकै नेता कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार नगरेको भन्दै दुखेसो पोखेका छन् ।

उनले जारी केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् ।

“गरेका कामको प्रचार भएन । राम्रा काम पनि भएका छन्,” उनको भनाई थियो, “पार्टी कार्यकर्ता कसैले स्टाटस लेखेनन् । प्रधानमन्त्रीसँग सल्लाह गरेरै अघि बढेको हो । यसको पार्टीले स्वामित्व लिनुपर्छ । भ्रष्टाचार विरोधी अभियानमा पार्टीकै भए पनि दोषीलाई छाडिदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?