दमौली : घरेलु तथा साना उद्योग कार्यालय दमौली तनहुँले चालु आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोरोन भाइरस ( कोबिड १९ )का कारण रोजगार गुम्न गएका व्यक्तिहरु र सीप हासिल गरि उद्यमि र उद्यमशील बन्न चाहने सबै व्यक्तिलाई लक्षित गरि सीप विकास तालिम संचालन गर्ने भएको छ ।
जसअन्तर्गत मोबाइल मर्मत ,एल्मोनियम फिटिङ ,उद्यमशीलता विकास तालिम , ढका बुनाई तथा एडभान्सा ढाका डीजाइन र व्युटिपार्लर संचालनहुनेछ।स्थानीय तहको माग ,औचित्य र बजेट अनुसार कम्तिमा १० जनाको समुह बनाई सम्बन्धित वडा कार्यालयको सिफारिस सहित आबेदकहरुले सूचना प्रकाशन भएको १५ दिन भित्र नागरिकताको प्रतिलिपि सहितको आवेदन पेस गर्न कार्यलय प्रमुख नारायण प्रसाद ढकालले दमौली आनलाईनलाई जानकारी दिएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?