एकै महिनामा तनहुँका तीन हजार जनाले लिए राहदानी

दमौली :  जिल्ला प्रशासन कार्यालय तनहुँबाट असार महिनामा मात्रै तीन हजार ७६ जनाले राहदानी लिएका छन् ।

द्रुत सेवा बाट एक हजार एक सय ६० जना र जिल्ला प्रशासन कार्यालय बाट एक हजार एक सय १६ जनाले असार महिनामा राहदानी लिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै साउन देखि हाल सम्म ११ हजार ५८ जनाले वंशज , ८ जनाले बैबाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र लिएको साहयक प्रमुख जिल्ला अधिकारी काशीराम गैहेले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० मा द्रुत सेवा बाट १६ हजार तीन सय ८९ जना र जिल्ला प्रशासन कार्यालयबाट ९ हजार ७ सय ९६ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

वैदेशिक रोजगारीको प्रयोजनका लागि तथा विदेश भ्रमणका लागि नेपाली युवाहरुले राहादानी बनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?