शाहसी कुमाल दाजु भाईले नरभक्षी चितुवालाई पराजित गरी आफ्नो ज्यान बचाए

तनहुँ । तनहुँका एक निडर दाजु भाईले नरभक्षी चितुवासँग लडेर आफ्नो ज्यान बचाउन सफल भएका छन्  ।

व्यास नगरपालिका–६ शिसाघाटका ५२ वर्षिय मदन कुमाल र उनका भाई ३९ वर्षिय भेषबहादुर कुमालले बुधबार दिउँसो साढे १२ बजे चितुवा संग लडेर चितुवालाई पराजित गर्दै  डोरीले बाँधेर नियन्त्रणमा लिन समेत सफल भएका थिए  ।

‘‘नरभक्षी चितुवाले मलाई आक्रमण ग¥यो म लडी रहेको देखेर भाई भेषबहादुर आएर दुवै जना मिलेर चितुवालाई पराजित गरौं’’ अरु मान्छेलाई पनि आक्रमण गर्ने हुनाले जोखिम मोलेर लौरोले चितुवाको मुखलाई थुन्दै चार वटै खुट्टा बाँधेर नियन्त्रणमा लियौं’’ कुमालले भने  ।  कुमाल दाजुभाईले चितुवालाई पराजित गरी नियन्त्रण लिन सफल भएपछि सबैले प्रशंसा गरेको शिसाघाटका सन्तोष चदौलाले बताए  । एक्ले फाँटमा गाई भैंसी चराउन गोठाला गएका  कुमाल चितुवा देखेर गाई बस्तु र एक महिला भागेपछि चितुवालाई धपाउन खोजेका थिए  ।

चितुवालाई धपाउन खोज्ने क्रममा चितुवाले मदनमाथी आक्रमण गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए  । चितुवाले चिर्थोदा मदनको दायाँ हातमा चोट लागेपनि भेषबहादुरलाई असर नपरेको काफ्लेले बताए  । चितुवा बुढो भएर शिकार गर्न नसकेर मानव वस्ती नजिक आईपुगेको अनुमान गरिएको छ । चितुवालाई दमौली स्थित डिभिजन वन कार्यालय तनहुँमा ल्याएर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?