माइक्रो र स्कुटर ठोक्किँदा दुई जना घाइते

दमौली  : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ अकलामा सोमबार बिहान माइक्रो र स्कुटर ठोक्किदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटर चालक देवघाट-३ छिपछिपे बस्ने २७ वर्षीय रुपेश गुरुङ र सवार व्यास-१ भादगाउँ बस्ने मन्जु थापा रहेका छन् ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २ ख २२२ नम्बरको माइक्रो र विपरित दिशाबाट जॉदै गरेको ग २१ प ७७१३ नम्बरको स्कुटर ठोक्किदा स्कुटरमा सवार दुई जना घाइते भएको  जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए।

घाइते दुवैको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले प्रहरी नायब उपरिक्षक खॉणले बताए ।उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?