दमौली : विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध तनहुँका तामाङ र मगर समूह आन्दोलित भएका छन् । आन्दालित समूहले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडी विरोध पदर्शन गरेका छन् ।
प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा पाण्डेले मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।
सो अभिव्यक्ति तामाङ र मगर समुदायको मौलीक संस्कृति, परम्परा, प्रथाजनित अभ्यास र भावना बिरुद्ध गलत ढंगले व्याख्या गर्दै आनुवांशिक रुपमा नै समस्त समुदायलाई अपधारीकरण गर्ने अभिव्यक्ति रहेको उनीहरुको आरोप छ ।
भ्रामक र तथ्यहिन अभिव्यक्तिले आफनो समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेकाले आन्दोलित भएको नेपाल मगर केन्द्रीय उपमहासचिव सिद्दान्त थापाले बताए ।
लामो समयसम्म पक्राउ नै नगरेपछि अहिले दवावसहित विरोधमा उत्रीएको नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य धनसुब्बा तामाङले बताए । अधिवक्ता पाण्डे बिरुद्ध पक्राउ पुर्जी समेत जारी गरिसक्दा पनि पक्राउ नगर्नु भनेको तामाङ र मगर समुदायलाई हेपाई दृष्टिकोणले हेरेको नेपाल मगर संघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष मनिराज थापाले बताए ।
दुवै समूहले सयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत सोमबार गृहमन्त्रालयलाई दुई बुँदे माग सहितको ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा मार्फत विवादित अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी अभिलम्ब कारर्बाहि गर्न माग गरिएको छ ।
जिल्ला प्रहरी परिसर टेकु घेराउको क्रममा निर्घात कुटपिट गरी मानवअधिकार विरोधी व्यवहार देखाउने काठमाडौं जिल्ला प्रहरी प्रमुख बरिष्ठ उपरिक्षक दान बहादुर कार्की र संलग्न प्रहरीलाई कारबाही सँगै घाइतेहरुलाई उपचारखर्च र क्षतिपुर्ती दिलाउनुपर्ने समेत माग छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?