विश्व आदिवासी दिवसमा भानु नपाद्वारा सार्वजनिक बिदा

दमौली : २९ औं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको भानु  नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार एक सुचना जारी गर्दै यही साउन २४ गते आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?