दमौली : नेपालमा हाल मनसुनी वायुको प्रभाव तनहुँ जिल्लामा पनि परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
तनहुँ जिल्लाका कोखाजोर खोला, मरिन खोला र आसपासका स–साना खोलामा आकस्मिक बाढी आएको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कताका अपनाउन महाशाखाको आग्रह छ ।
वर्षाका कारण सो क्षेत्र भई बहने स-साना नदीहरु तथा डुवान भइरहने होचो स्थानहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा भइरहेकोले जोखिम बढ्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?