तनहुँ प्रशासनले भन्यो- नदीहरुमा पानीको बहाब ह्वात्तै बढेको छ, सतर्क रहनुस्

दमौली : लगातारको वर्षाका कारण तनहुँका साना तथा ठुलो नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ ।

मंगलवार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सूचना जारी गर्दै डुबान हुन सक्ने, पहिरोको जोखिम बढी हुने स्थानहरु र नदि किनारमा बसोवास गर्नेहरूले पानी पूर्ण रूपमा नरोकिएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

” मुसलधारे वर्षाले यस जिल्ला भएर बग्ने साना तथा ठुला नदीहरूमा पानीको बहाव वातै बढेको छ। पानी पर्ने कम अहिले १:३० बजेसम्म रोकिएको छैन । डुबान हुन सक्ने, पहिरोको जोखिम बढी हुने स्थानहरु र नदि किनारमा बसोवास गर्नेहरूले पानी पूर्ण रूपमा नरोकिएसम्म उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ ।” सुचनामा उल्लेख गरेको छ ।

पृथ्वी राजमार्गको आँबुखैरेनी-कोत्रे सडक खण्डको स्तरोन्नतिको लागि भएको कटिडका कारण समेत ठाउँ ठाउँमा स-साना पहिरो जानुको साथै कतिपय स्थानमा भासिएर सडक अवरुद्ध हुने खुलाउने क्रम पनि जारी रहेको छ।

वर्षा पूर्ण रुपमा नरोकिएसम्म अत्यावश्यक  काम परेको अवस्थामा बाहेक अन्य अवस्थामा उक्त सडकमार्ग भएर ठुलो सवारीसाधन संचालन नगर्न समेत अनुरोध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?