तनहुँका दश वटै पालिकामा भोलि सार्वजनिक विदा

दमौली :  २९ औं विश्व आदिवासी दिवसका अवसरमा तनहुँका दश वटै स्थानीय तहले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । भोलि बुधवार मनाइने सो दिवसका लागि बिदा दिने निर्णय गरेका हुन् ।

शुक्लागण्डकी, भानु, भिमाद, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ, आँबुखैरेनी, वन्दिपुर, देवघाट गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् । सबै पालिकाहरुले मंगलबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् ।

तनहुँ जिल्लाका सबै पालिकाले विश्व आदिवासी जनजाति दिवसकाे अवसरमा भाेलि सार्वजनिक बिदा दिएपछि हिराचनले धन्यवाद व्यक्त गरेका छन्  । हिराचनले विश्व आदिवासी दिवस बुधबार सबै पालिकामा विविध कार्यक्रम सहित मनाइने जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?