कन्टारमा सडक भासियो, पृथ्वी राजमार्ग अवरुद्ध

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका- ५ कन्टार स्थित पृथ्बीराजमार्गमा सडक भासिएको छ ।

अहिले उक्त सडक खण्ड पुर्ण रुपमा अबरुद्ध रहेको छ । दुई तर्फी सवारी साधान आवत जावत पुर्ण बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चाईनिज कम्पनिसँग समन्वय गरी भासिएको सडक मर्मत गरी सवारी साधन सुचारुको लागि पहल भएको प्रहरीले जनाएको छ ।

यता स्थानीयले भने निर्माण कम्पनीको चरम लापरवाहीले सडक भासिएको आरोप लगाएका छन ।

अविरण वर्षाको कारण पृथ्वीराजमार्गको दमौली-गुणादी खण्डको कन्टार स्थित कटहरे खोल्सा र माथी खहरे खोल्सादेखीको नाला भइ आउने पानी पहिरोका कारण टालिएर सडक भत्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?