दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका- ५ कन्टारमा सडक भासिएपछि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
साढे १२ वजे देखि दुई तर्फी सवारी साधान आवत जावत पुर्ण बन्द भएको राजमार्ग ३: ४५ एकतर्फी सवारी खुलाइएको हो ।
स्थानीयले भने चाईनिज निर्माण कम्पनीको चरम लापरवाहीले सडक भासिएको आरोप लगाएका छन ।
अविरण वर्षाको कारण पृथ्वीराजमार्गको दमौली-गुणादी खण्डको कन्टार स्थित कटहरे खोल्सा र माथी खहरे खोल्सादेखीको नाला भइ आउने पानी पहिरोका कारण टालिएर सडक भत्किएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?