सरकारको स्थिरतामा शंका गर्नु पर्दैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गरेका छन् । शनिबार काठमाडौंमा नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभा उनले यस्तो बताएका हुन् ।

उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने जिकिर गरे । व्यापार, व्यवसायमा रहेका समस्याको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको उनले बताए ।

उनले नागरिक र देशलाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको उल्लेख गरे । आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीका केही हदसम्मका समस्या समाधान गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?