ऐना पहरामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  सडक भन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा  राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने  कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाणँले जानकारी दिए ।

“सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने ।

पहिरो हटाउनको लागी स्थानिय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय गरी पहिरो पन्छ्याउने कार्य तर्फ आवश्यक पहल भईरहेको तनहुँ प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?