
दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका – ४ ऐना पहरा स्थित पहिरो खस्दा अवरुद्ध बनेको सडक एकतर्फी रुपमा खुलेको छ।
इलाका प्रहरी आबुँखैरेनी तनहुँबाट खटिएको बिपद् व्यवस्थापन प्रहरी टोली तथा स्थानिय पालिका एवं सडक डिभिजन कार्यालय तनहुँको सहकार्यमा एक घण्टा २० मिनेटको निरन्तर प्रयासमा राजमार्ग सडक एकतर्फी रुपमा सुचारु भएकोराजमार्ग एकतर्फी खुलाइएको हो।
अबिरल बर्षादको कारण सडक माथिबाट पहिरो खस्न गई राजमार्ग सडक पुर्ण रुपमा अबरुद्ध भएको राजमार्ग एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणँले जानकारी दिए।
साढे ६ बजे देखि सडक अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?