नेपाली कांग्रेसका नेता एवम् नव नियुक्त गण्डकी प्रदेशका बिना विभागीयमन्त्री डोवाटे विश्वकर्माले आफुलाई पार्टीले काम गरेर देखाउछ की भनेर जिम्मेवारी दिएको तर आफुले कतै पार्टी तथा कार्यकर्ताको अपेक्षा अनुसार काम गर्न सकिदैन कि भन्ने चिन्तामा रहेको बताए । आफुले तनहुँ जिल्ला बासीले दिएको गरेको माया र सदभावलाई कहिले पनि नबिर्सिनेमा उनले जोड दिएका छन् ।
आफ्नो बुबा पनि आफु सानो भएको बेला देखि नै नेपाली कांग्रेसको सिपाही भएको भएर आफु पनि पार्टी र समाजको बारेमा सोझ्दै अएको जानकारी दिए । नेपाली काँग्रेस व्यास नगर द्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै “पार्टीको इमान्दार सिपाही भएका कारणले गर्दा पार्टीले जे जिम्मा दिन्छ त्यसलाई इमान्दार पुर्बक काम गर्छु उनले भने ।
राष्ट्रिय सभा सदस्य प्रकाश पन्थाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वन चरणमा कम्यनिष्टहरुलाई हातमा गएको कारणले नेपाली जनताले संविधानको पूर्ण रुपमा महत्व बुझ्न नपाएको खण्डमा पुन फेरि हाम्रो पार्टी नेपाली कांग्रेसले नेपाली जनताको संविधान पूर्ण रुपमा कार्यान्वन हुने भनेर जोड दिए । त्यसैगरी सरिता गुरुङ्ग २०७४ सालमा सबै मत गुम्ए पनि नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा सदस्य निर्वचन भए पछि आज सम्म तनहुँले मन्त्री नभएको दुःख लागिरहेको बेला तनहुँगेहरुले मन्त्री पाएकोमा खुसी रहेको र बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने व्यास नगर कार्य धन्यवाद र कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
नेपाली काँग्रेस व्यास नगर कार्य समितिका सभापति सुर्यचन्द्र हट्खालेको सभ्पतित्वामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्था गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ्ग , जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल ,व्यास नगरका प्रमुख बैकुण्ठ न्यौपाने , उपप्रमुख मिरा जोशी ,नेकाका जिल्ला कार्य समिति सदस्य तार प्रसाद श्रेष्ठ, महधिवेशन प्रतिनिधिहरु , वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ , वडा नं ३ का अध्यक्ष प्रेम कुमार श्रेष्ठ , सबै वडाका अध्यक्षहरु , सबै वडाका वडा सभापतिहरु लगयातको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई नेपाली काँग्रेस व्यास नगर कार्यसमितिका सचिव सुरेश पुरीले संचालन गरेको थियो भने उपाध्यक्ष शोभा बढु अधिकारी सम्पूर्ण आगन्तुक कार्यकर्तालाई स्वागत मन्तब्य दिई स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?