काठमाडौं महानगरको पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन सकिने

काठमाडौं :  काठमाडौं महानगरपालिकाले कक्षा ११ का लागि पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन पेस गर्न सकिने जनाएको छ ।

महानगरको पहिलो भर्ना सूचीमा कुनै गुनासो भएमा मंगलबार बेलुकी ५ बजेसम्ममा महानगरको शिक्षा विभागमा आवेदन गर्न सकिने छ ।

निवेदनउपर कारबाही सम्पन्न भएपछि म्याचिङको पहिलो भर्ना सूचीको अन्तिम नतिजा प्रकाशन गरिने छ । त्यसपछि मात्र सम्बन्धित शिक्षण संस्थामा भर्नाका लागि जान शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?