चितवन : चितवनको टिकौली जंगलमा आज विहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।
सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा चितवनको खैरहनी–४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर-१४ का कुसुमबहादुर राना, रत्ननगर-१४ का सुरेश श्रेष्ठ, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा-१४ का महोन तामाङ गम्भीर घाइते भएको डिएसपी पण्डितले बताए।
रत्ननगर-१४ का पुर लामा, रत्ननगर-१४ कै बुद्रिराम तामाङ, रत्ननगर-१६ का रेशम पोखरेल, रत्ननगर-१६ दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्णेश्वर-४ की तारा श्रेष्ठको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
शव बोकेको बलेरो गाडीमा सवार नवलपुरको गैंडाकोट-८ का लोकराज लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर-१४ बस्ने ३३ वर्षका शंकर परियार, सोही मोटरसाइकलमा पछाडि बसेका रत्ननगर-१४ कै दिवेश शाक्य, बोलेरो गाडीमा सवार रत्ननगर-१४ का आइतराम कामी, २६ वर्षका पुष्प तामाङ, ३८ वर्षका कृष्ण लामा, रत्ननगर-३ का गोपाल तामाङ र जीवन लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
बसका चालक नवलपुरको गैंडाकोट-९ बस्ने २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्। प्रहरी चौकी गोन्द्राङबाट करिब ५ सय मिटर पूर्वमा उक्त दुर्घटना भएको हो।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?