पर्साका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

पर्सा : सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ। शनिबार बिहान करिब एक घण्टा साइकलिङ गरेर साढे १० बजेतिर कार्यालय पुगेका थपलियाले सहकर्मीसँग असजिलो महशुस भएको बताएका थिए।

छातीमा असजिलो भएको बताएका ४३ वर्षीय थपलिया लगत्तै बेहोस भएका गिए। उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगञ्जमा लगिएको थियो।

करिब एक घण्टाको उपचारपछि चिकित्सकले  हृदयाघातका कारण उनको निधन भएको बताए।

उनी सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?