राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक, संसद्को गतिरोधबारे चासो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् । तर स्रोतले दिएको जानकारीअनुसार भने पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन् ।

यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए ।

राष्ट्रपति पौडेलले आइतबार बेलुका रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?