जिल्ला सभागृह बारे सभापति पन्थले भने- आचारसंहिता अनुरुप निर्माण नहुनु अत्यन्तै दुखद

दमौली : राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले तनहुँको दमौलीमा निर्माणाधीन सभागृह आचारसंहिता अनुरुप निर्माण नहुनु अत्यन्तै दुखद भएको बताएका छन् ।

सभापति पन्थले आइतबार प्रेस विज्ञप्ती जारी गरी व्यास नगरपालिका–३ विपी वनवाटिकामा निर्माणाधीन सभागृह निर्मित सार्वजनिक भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप डिजाइन र निर्माण नहुनु अत्यन्तै दुखद भएको बताएका हुन् ।

“नेपाल सरकारले २०६९ सालमै अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका जारी गरिसकेको र सबैका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणका सम्बन्धमा व्यापक जनचेतना भइरहेको सन्दर्भमा, अझै पनि मानव निर्मित सार्वजनिक भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप डिजाइन र निर्माण नहुनु अत्यन्तै दुखद छ । यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।”सभापति पन्थले भने ।

उनले यसतर्फ अपाङ्गता अधिकारकर्मी, सरोकारवाला लगायत हामी सबैको समयमै ध्यान नपुगेकै समेत जगिर गरेका छन्  । “अपाङ्गताको सवालमा समयमै हस्तक्षेप गर्ने र र अधिकारको सवालमा खरो उत्रिने अपाङ्गता अधिकारकर्मी समेत आफ्नै नजर अगाडी चुक्नु भएको भएको छ” , उनले भने :  “यसतर्फ अपाङ्गता अधिकारकर्मी, सरोकारवाला लगायत हामी सबैको समयमै ध्यान नपुगेकै हो ।”

अपाङ्गतामैत्री बनाउन सरकारसँग माग गर्दै यस सवाललाई जिम्मेवारी र गम्भीरतापूर्वक लिँदै समस्या समाधान र सुधार गर्नुपर्ने जिम्मेवारी समेत महसुस गरी सरकारका सम्बन्धित निकायसँग आवश्यक निरन्तर छलफल र समन्वय भइरहेको उनले उल्लेख गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?