दुई किलो गाजा सहित बेनिटारबाट सफल पक्राउ

दमौली :  तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट दुई  किलो छ ग्राम गाजा सहित एक युवा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका -६ बस्ने बर्ष २४ को सफल परियार रहेका छन् ।

मुग्लिङबाट तर्फबाट आँबुखैरेनी तर्फ जान आउदै गरेको बा ३ ख ३९२४ नं.को माईक्रो बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार श्रेष्ठलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

मुग्लिङबाट तर्फबाट आँबुखैरेनी तर्फ जान आउदै गरेको बा ३ ख ३९२४ नं.को माईक्रो बसलाई चेक गर्ने क्रममा निजकाे साथबाट दुई किलाे छ सय ग्राम गाँजा सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध सोमवार तनहुँ अदालतबाट दश दिनकाे म्याद थप गरि अनुसन्धान कार्य भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?