नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको ।फाइजरकोखोप नेपाल आइपुगेको छ।
अमेरिकाले अनुदानमा दिने कोभ्याक्स सुविधा अन्तर्गत १ लाख ६ सय २० डोज ‘फाइजर’ खोप सोमबार बिहान सम्म आइपुग्ने जनाएको थियो ।
नेपालमा यसअघि विभिन्न चरणमा खोपहरू आए पनि बालबालिकाले लगाउन मिल्ने खोप आएको थिएन।फाइजरको यो खोप भने १२ वर्ष माथिका बालबालिकालाई साथै दीर्घ रोगीहरूलाई समेत लगाउन मिल्ने जानकार बताउछन । उक्त खोप सरकारले कात्तिकको अन्तिम साता बाट लगाउन सुरू गर्ने भएको छ।
अमेरिकाले यसअघि पनि ‘जोन्सन एण्ड जोन्सन’ को १५ लाख डोज खोप जुन एक डोज लगाए पुग्ने खोप अनुदानमा दिईसकेको छ ।नेपालमा हालसम्मको तथ्यांक अनुसार ६५ लाख बढी मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन्भने यो कुल जनसंख्याको २२ प्रतिशत मात्रा हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?