दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँबाट श्रावण महिनामा मात्रै साढे तीन हजार जनाले राहदानी लिएका छन् ।
द्रुत सेवा बाट एक हजार ९ सय ४६ जना र जिल्ला प्रशासन कार्यालय बाट एक हजार चार सय ४४ जनाले श्रावण महिनामा राहदानी लिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । जसमा द्रुत सेवा तर्फ ७ सय ९० महिला , एक हजार एक सय १३ पुरुष र २५ जना नावालक रहेका छन् , भने जिल्ला प्रशासन कार्यालयबाट ६ सय ६४ महिला र ७ सय ८० जना पुरुष रहेका छन् ।
त्यस्तै असार देखि हाल सम्म ९ सय ११ जनाले वंशज , २ जनाले बैबाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र लिएको साहयक प्रमुख जिल्ला अधिकारी काशीराम गैहेले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/८० मा द्रुत सेवा बाट १६ हजार तीन सय ८९ जना र जिल्ला प्रशासन कार्यालयबाट ९ हजार ७ सय ९६ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
वैदेशिक रोजगारीको प्रयोजनका लागि तथा विदेश भ्रमणका लागि नेपाली युवाहरुले राहादानी बनाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?