मौरीबजारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । विहिवार बिहान साढे ८ बजे पहिरो खसेपछि राजमार्गको थर्पु–खैरेनीटार सडकखण्ड अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहयोगमा पहिरो हटाइने कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाणँले जानकारी दिए

पहिरो हटाउनको लागी स्थानिय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय गरी पहिरो पन्छ्याउने कार्य तर्फ आवश्यक पहल भईरहेको तनहुँ प्रहरीले जनाएको छ  ।

आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?