भानुमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

दमौली : तनहुँको भानु  नगरपालिका -११ मानेचौका स्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।

शुक्रवार दिउँसो करिव २ बजे लम्जुङको सुन्दरबजार नगरपालिका – ६ अरेलुचौर बस्ने बर्ष १० को समर्पण परियार पाउदी खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

खोलाले बगाई ८०० मिटर तल पुर्‍याउदा परियार मृत्यु भएको जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खाँणले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?