दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका – ६ खैरेनिटारमा लागेर एक जना घाइते भएको छ ।
शुक्लागण्डकी नगरपालिका -६ खैरेनिटार ग्याल्शिङका ७३ बर्षीय जयराम पाण्डेको करेन्ट लागेर घाइते भएको हो ।
पाण्डे शनिवार बिहान ९:२० बजे र ग्याल्शिङ स्थित बाटोमा झरेको बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेर रूखबाट झरेका थिए ।
घाईते पाण्डेलाई जि.पि.कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा थप उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?