दमौली : आज दमौली लागायत देशका विभिन्न स्थानमा गाईजात्रा मनाइदैँछ । यो पर्व विशेषत:नेवारी बस्तीमा मनाउने गरिन्छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी (८ दिन)सम्म मनाइने उक्त पर्व एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।
यसो गर्नाले वर्ष भरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रहि आएको छ ।


















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?