फेरि बढ्यो इन्धनको मूल्य, एलपी ग्यासमा एकैपटक २३५ रुपैयाँ वृद्धि

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टीतेलमा क्रमशः प्रतिलिटर ४ र ३ रुपैयाँ बढाइएको छ ।

अब काठमाडौंमा पेट्रोललाई प्रतिलिटर १८२ र डिजेल तथा मट्टीतेललाई १७० रुपैयाँ पर्ने छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाइएको छ । साविकको खुद्रा बिक्री मूल्यमा प्रतिसिलिन्डर एकैपटक २३५ रुपैयाँले वृद्धि गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य आएकाले नेपालमा पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य आज रातिबाट लागु हुने छ ।  यसअघि साउन ३० गते पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?