नेपाल-भारतबीचकाे खेल हेर्न रवि लामिछाने पत्नीसहित श्रीलंका प्रस्थान

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन् ।

भोलि दिउँसो नेपाल र भारतबीचको क्रिकेट म्याच हेर्न लामिछाने श्रीलंकातर्फ लागेका हुन् । साथमा उनकी पत्नी निकिता र सहयोगी दीपक बोहरा पनि छन् ।

एसिया कप २०२३ अन्तर्गत ‘सुपर फोर’ का लागि भोलि नेपालले बलियो टोली भारतको सामना गर्दैछ । यो खेल श्रीलंकाकाे पेल्लेकले अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार २ः४५ बजेपछि सुरु हुने छ । म्याच सुरु हुनुभन्दा ३० मिनेटअघि दिउँसो २ः१५ बजे टस गराइने छ । नेपाली टोलीको कप्तानी रोहित पौडेल र भारतीय टिमको कप्तानी रोहित शर्माले गर्नेछन् ।

आफ्नो पहिलो खेलमा नेपाल विश्व नम्बर १ टिम पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएकाे थियाे । पाकिस्तान र भारतबीच हिजाे भएकाे खेल वर्षाका कारण रद्द भयाे र उनीहरूले अंक बाँडेका छन् । नेपाल र भारतमध्ये एक टिमले भाेलि सुपर फाेरमा स्थान बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?