काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको छ ।
१०औं ओभरको पाँचौं बलमा कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।
अघिल्लो बलमा छक्का प्रहार गरेका कुशल एज लागेर विकेटकिपरबाट क्याच आउट भएका हुन् । उनलाई शार्दुल ठाकुरले आउट गरे ।
नेपालले १० ओभरमा एक विकेट गुमाएर ६५ रन जोडेको छ । आसिफ शेख २३ रनमा खेल्दैछन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?