आदिकवि भानुभक्त क्याम्पसले मनायो ३७ औं वार्षिकोत्सव

दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसले ३७ औं वार्षिकोत्वसको मनाएको छ । विभिन्न कार्यक्रम गरी क्याम्पसले सोमवार ३७ औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश सरकारले  शिक्षा र स्वास्थ्य क्षेत्रमा जोड दिएको बताए ।मुख्यमन्त्री पाण्डेले देशमा जब सम्म शिक्षा र स्वास्थ्य निशुल्क दिन सकिदैन तब सम्म देश विकास नहुने बताए ।उनले विदेश पढ्न जाने विद्यार्थी रोक्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

आर्थिक मामिलामन्त्री जीतप्रकाश आले सामुदायिक क्याम्पसको विकासका लागि आर्थिक बर्ष २०८०/८१ मा शैक्षिक सुधार कार्यक्रम निर्माण गरेको बताए। यस्ता  सामुदायिक क्याम्पस बिकासमा सहयोग सदैब रहने उनले बताए।

वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका पुर्व मन्त्री  ले क्याम्पसको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएको बताए ।

क्याम्पसमा कक्षा ९ देखि  स्नातक तह र स्नातकोत्तर तहमा पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

सबै क्षेत्रको सहयोगका कारण सरस्वती क्याम्पसले प्रगति गर्न सफल भएको बताए । उनले क्याम्पसको सफलताका लागि प्राध्यापक र विद्यार्थी दुवै पक्षको उत्तिकै मेहनत चाहिने बताए ।

व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने विद्यार्थी आउने गरेका छन् ।

विसं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । जुन बेला यही ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए ।

क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?