पौडी खेल्ने क्रममा बगाएका युवाको उद्धार

दमौली : तनहुँको व्यास नगरपालिका-३ स्थित सेती मादी नदीको दोभानबाट जिल्ला पौडी खेल्ने क्रममा बगाएका एक युवाको उद्वार भएको छ ।

पौडी खेल्ने क्रममा बुधबार नदीले बगाएका व्यास नगरपालिका–४ का २४ वर्षीय सन्तोष गुरुङको उद्धार गरिएको हो ।

प्रहरी र स्थानिय मानिसहरुको प्रयासमा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल दमौली पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?