बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छिन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् ।
नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए ।
विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन् । अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो रहेको छ।
एमाले उपाध्यक्षसमेत रहेकी शाक्य गत भदौ २ मा एमालेबाट मुख्यमन्त्री बनेकी थिइन्। यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएलगत्तै उनी मुख्यमन्त्री बनेकी थिइन्।
मुख्यमन्त्री शाक्यलाई कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) ले विश्वासको प्रस्तावका पक्षमा मत दिन नसकिने उल्लेख गर्दै राजीनामा दिन आग्रह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?